जसै फेरियो क्यालेन्डरको पातो, सामुन्नेमा आइपरेछ शहीद दिवसको तिथि। एउटा परम्परागत श्रद्धा पर्व न हो शहीद दिवस। शहीद जो हाँसीहाँसी मृत्यु शैय्यामा उभिए लखन थापादेखि दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा वा गंगालाल श्रेष्ठहरु वा यस पछिका क्रान्तिमा वीरगति प्राप्त गर्नेहरुलाई सच्चा देशभक्त भएर, शब्दश्रद्धा अर्पण गरिरहँदा पनि यथार्थ प्रष्ट्याउन निकै गाह्रो परिरहेको छ यतिबेला। के भन्नु नयाँ नेपाल बनाउन सपनामा जीवन बलिदान दिने ती योद्धाहरुको वीरगति केवल बचिरहेको छ वार्षिक सरकारी औपचारिकता। कवि भूपी शेरचनकै हरफ सापटी लिएर भन्नुपर्दा, ए मरेर जाने शहीद हो, बाँचेर त हेर बाँच्न कति गाह्रो छ भन्नु सिवाय केही छैन।
परदेश गएपछि हुने रोमिङको लफडा
3 days ago
1 comment:
Good planning
Post a Comment